विमलेन्द्र निधिको घरमा पनि भारतीय बुहारी

विमलेन्द्र निधिको घरमा पनि भारतीय बुहारी

काँग्रेस नेता विमलेन्द्र निधिले जेठा छोराको विवाह धुमधामसँग सकाएका छन् । उनका जेठा छोरा डा. अविरलको विवाह दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हिजो भएको हो ।

भारतको इन्दौर निवासी अरविन्दकुमार राय तथा रम्भाकुमार रायकी कान्छी छोरीसँग अविरलले विवाह गरेका हुन् । बेहुली पक्ष याक एण्ड यति होटलमा आएर बसेका कारण त्यहिँ विवाह र प्रीति भोजको आयोजना गरिएको थियो ।

नेता निधि बेहुलासहित जन्ती लिएर हिजो दिउँसो २ बजे होटलतर्फ गएका थिए । ४ बजे वरमाला पहिर्याएपछि साँझ बेहुली पक्षले त्यहिँ भोजको आयोजना गरेको हो । भोजमा प्रधानमन्त्री देउवाको समेत सहभागिता थियो ।

टिप्पणीहरू