लागुपदार्थ अपराधमा ६ हजारबढी जेलमा

लागुपदार्थ अपराधमा ६ हजारबढी जेलमा

गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागुपदार्थ दुर्व्यसनी चुनौतीको रुपमा अगाडि आएको बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्रीले लागुपदार्थ दुर्व्यसनी रोक्न सरकार सँधै संवेदनशील रहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री खाँणले लागुऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको उल्लेख गर्नुभयो । त्यसबाट उनीहरुलाई कसरी बचाउने भन्ने विषयमा सरकार र समाजको बराबर दायित्व हुने विचार उहाँको छ । सरकारले आगामी दिनमा जनजागरणका कार्यक्रम ल्याउनुपर्ने र पाठ्यपुस्तकमा समेत समावेश गरेर विद्यार्र्थीलाई बेलैमा जानकारी गराउनुपर्ने उहाँको भनाइ छ ।

दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियानको आवश्यक्ता रहेको बताउँदै गृहमन्त्री खाँणले भन्नुभयो, ‘लागुपदार्थसँग सम्बन्धित अपराध ८ प्रतिशतभन्दा बढी पुगिसकेको छ । लागुपदार्थको अपराधमा दोषी छ हजारभन्दा बढी बन्दी जेलजीवन बिताइरहेका छन् ।

टिप्पणीहरू