पृथ्वी राजमार्गमा फेरि पहिरो, सवारी अवरुद्ध
पृथ्वी राजमार्गमा पहिरो गएकाले त्यहाँबाट गुड्ने सवारी पुनः अवरुद्ध भएको छ । बिहानको पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको थियो । तर केहीबेर अघि गएको पहिरोका कारण सवारी आवागमनमा असर परेको हो ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोलाको छेउमा अर्को सुख्खा पहिरो गएको हो । पहिरो हटाएर सवारी आवागमन सुचारु गरे पनि
उक्त स्थानमा अर्को पहिरो गएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अहिले फेरि पहिरो पन्छाउने काम भइरहेको छ ।
टिप्पणीहरू