चिडियाखानामा सदस्य सचिवकाे स्वागत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिवमा संरक्षणविद् डा.नरेश सुवेदी नियुक्त भएका छन् । कोषको वरिष्ठ निर्देशकसमेत रहेका उनलाई आज बोर्डले प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्थाबमोजिम सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सदस्यसचिवमा नियुक्तिपछि सुवेदीलाई ललितपुरस्थित सदर चिडियाखानाका कर्मचारीहरुले फूलमालासहित स्वागत गरेका छन् । सुवेदी विगत साढे दुई दशकदेखि कोषमा कार्यरत छन् ।
पदीय जिम्मेवारीका क्रममा उनले मुलुकको प्रकृति संरक्षण र जैविक विविधताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन् । सुवेदीकै पहल र सक्रियतामा सरकारले सदर चिडियाखाना व्यवस्थापनको जिम्मेवारी आगामी तीन दशकका लागि पुनः कोषलाई नै दिने निर्णय गरेको थियो ।
टिप्पणीहरू