जिसस चुनाव : माधव नेपालको जिल्लामा गठबन्धन उम्मेदवार विजयी
रौतहटमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु जिल्ला समन्वय समिति (जिसस) मा विजयी भएका छन् । नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको गठबन्धनका सभापतिको उम्मेदवार बनेका नेपाली काँग्रेसका राम अयोध्या यादव र उपसभापतिमा नेकपा समाजवादीका महेश बैठा निर्वाचित भएका हुन् ।
सदस्यहरुमा नेपाली काँग्रेसका अशोक कुमार झा, इन्दु देवी, बिजुलिया पासवान र शेख मोज्जमिल विजयी भएका छन् । त्यसैगरी नेकपा समाजवादीका किरण देवी पण्डित, सरफलाल यादव र नेकपा माओवादी केन्द्रका कमलादेवी ढकाल पनि निर्वाचित भएका छन् ।
जिल्लाका १८ पालिकाका मेयर, प्रमुख तथा उपमेयर र उपप्रमुख गरेर जिल्ला समन्वय समितिको चुनावमा ३६ मत थियो । गठबन्धनका सभापति उम्मेदवार राम अयोध्या यादवले २६ र उपसभापतिमा अशोक कुमार झाले २४ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा नेकपा एमालेका तर्फबाट सभापतिमा शेरबहादुर पटेल र उपसभापतिमा प्रमिलादेवी उम्मेदवार बनेका थिए ।
टिप्पणीहरू