सर्वोच्चबाट बालुवाटार हुँदै शहरी विकास मन्त्री झाँक्री सिंहदरबारमा
पदबाट राजीनामा दिन लागेकी शहरी विकास मन्त्री र कायममुकायम प्रधानन्यायाधीशबीच आज भेटवार्ता भएको छ ।
मन्त्री रामकुमारी झाँक्रीले आज अपरान्ह सर्वोच्च अदालत पुगेर कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीलाई भेटेकी हुन् । भेटमा आयोजना र विकास निर्माणसँग सम्बन्धित विचाराधीन मुद्दालाई छिटो टुंगो लगाइदिन मन्त्री झाँक्रीले आग्रह गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
कामु प्रधानन्यायाधीश कार्कीले आफूले सम्भव भएसम्म सहयोग गर्ने वचन दिँदै मुद्दा फाँटबाट प्राथमिकता दिएर अगाडि बढाउने प्रतिबद्धता जनाएको बताइएको छ । सर्वोच्चबाट फर्किएपछि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएकी मन्त्री झाँक्रीले अहिले मन्त्रालयमा पत्रकार सम्मेलन गरेकी छन् ।
टिप्पणीहरू