लाहानमा छड्के,दुई दर्जन कर्मचारीसङ्ग स्पष्टीकरण

लाहानमा छड्के,दुई दर्जन कर्मचारीसङ्ग स्पष्टीकरण

सिरहाको लहान नगरपालिकाले निर्धारित समयमा कार्यालय नआउने कर्मचारीसङ्ग स्पष्टीकरण सोधेको छ । यसमा २३ जना कर्मचारी परेका छन् ।

शासन शाखालाई खबर नै नगरी कार्यालय नआउने र आएका कर्मचारी पनि कार्यालयमा नबस्ने गरेको पाइएपछि स्पष्टीकरण सोधिएको मेयर महेशप्रसाद चौधरीले बताए । हिजो छड्के जाँचबुझ गर्दा अधिकांश कर्मचारी अनुपस्थित रहेको उनको भनाइ छ ।

उनीहरूमाथि आवश्यक कारबाही गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको मेयर चौधरीले जानकारी दिए ।

उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । कर्मचारीहरु रामविलास महतो,अञ्जनाकुमारी साह,उमेशकुमार महतो,पुनिता महरा,अरुणकुमार चौधरी, उमेरकुमार महतो,महादेव मण्डललाई स्पष्टीकरण सोधिएको पालिकाले जनाएको छ ।

त्यसैगरी,राजकुमार मेस्तर,सीतादेवी चौधरी,जगदीश मण्डल,सुशीलकुमार साह,अनिक यादव,रिता यादव, पंकज यादव,रमानन्द बडियैत, एकमनि सिपलिया,अमिरीकुमार यादव,नरेन्द्रनारायण चौधरी, सन्तोषकुमार यादव,देवनारायण साह,त्रिपिल लाल चौधरी, मनोजकुमार महतोलाई पनि स्पष्टीकरण बुझाउन भनिएको छ ।

टिप्पणीहरू