कम्प्युटर अपरेटरलाई कुटेपछि गाडी लुटियो
डडेल्धुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई अज्ञात समूहले आक्रमण गरेको छ । भण्डारीलाई आज बिहान पालिकाको कार्यालय जाने क्रममा आक्रमण गरिएको गाँउपालिका प्रमुख शेर सिंह पार्कीले जानकारी दिए ।
उनका अनुसार भण्डारी आफ्नो घर कञ्चनपुरको बेदकोट नगरपालिकाबाट डडेलधुरा जाने क्रममा बिहान करिब ११ बजेको समयमा आक्रमण भएको हो । उनलाई केही व्यक्तिले गाडीमा लिफ्ट मागेर नियन्त्रणमा लिएका थिए । त्यसपछि कुटपिट गरे र गाडी लुटेको पार्कीले बताए । आक्रमणमा गम्भिर घाइते भएका भण्डारीको पद्यमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।
आक्रमण गर्ने को हुन् र किन आक्रमण गरियो भन्नेबारे केही खुलेको छैन । उनीहरुको खोजी जारी रहेको प्रहरी र नगरपालिकाले जनाएको छ ।
टिप्पणीहरू