वर्षाको कारण आन्तरिक उडान ठप्प, झापाका धेरै ठाउँ जलमग्न

वर्षाको कारण आन्तरिक उडान ठप्प, झापाका धेरै ठाउँ जलमग्न

हिजो साँझदेखि परेको वर्षाको कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ । मुसलधारे वर्षाका कारण आज बिहानदेखि विराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढीमा उडान हुन सकेको छैन ।

काठमाडौँ विमानस्थलमा पनि आइएफआर सिस्टमबाट उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरेलगायतका क्षेत्रमा रातभर परेको मुसलधारे पानीले सर्वत्र जलमग्न भएको छ । स्थानीय नदीको बहाव पनि बढेको छ ।

आज दिउँसो र राति थप वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

देशभर मनसुन सक्रिय भएकाले अन्यत्र पनि निरन्तर वर्षाको कारण बाढी र पहिरो जान सक्ने अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको हो ।

टिप्पणीहरू