९ रेष्टुराँ तर एअरकण्डिसनरहित रिसोर्टमा किन भेला भए धनी देशका नेताहरु ?
जर्मनीको एउटा पहाडमा अवस्थित सुविधासम्पन्न रिसोर्टमा धनी मुलुकका नेताहरू भेला भएका छन् । जर्मनीको बाभारिएन आल्पस पर्वतको चुचुरोमा रहेको सोल्स एल्माउ रिसोर्टमा भएको छलफलमा उनीहरुले विश्वको सबैभन्दा ठूलो वस्तु बजारमा देखिएको तेलको मूल्यलाई नियन्त्रणमा ल्याउन पहल गर्ने बताएका छन् । तर उक्त योजनाको खास रणनीति भने सार्वजनिक भएको छैन ।
सात धनी देशका राष्ट्र तथा सरकार प्रमुखहरुले रुसले बिक्री गर्दै आएको कच्चा तेलको मूल्यलाई नियन्त्रण गर्ने मनशाय राखेका हुन् । तर, बेलायत,जर्मनी र फ्रान्सबाहेक युरोपका अधिकांश मुलुक रुसी तेल र ग्यासको भरमा दैनिक जीवन यापन गरिरहेका छन् । जुन तुलनात्मक रुपमा सस्तो पनि देखिन्छ ।
उनीहरुले चीनको बीआरआईविरुद्ध नयाँ योजना पनि अघि सारेका छन् । अब जी ७ समूहले पनि पूर्वाधारमा लगानी गर्ने योजना बनाइएको छ । तर,चीनले अघि सारेका पूर्वाधार योजना विश्वका विकासोन्मुख र कम विकसित मुलुकहरुमा झण्डै एक दशकदेखि कार्यान्वयनमा आइसकेकाले पनि जी ७ को पछिल्लो घोषणा कार्यान्वयनमा समस्या देखिने बताइन्छ ।

टिप्पणीहरू