सरकारले खोप नदिएपछि ललितपुरको खोप अभियान स्थगित
ललितपुर महानगरपालिकामा असार १० गतेदेखि सुरु खोप अभियान रोकिएको छ । भोलिसम्मका लागि भनिएको खोप अभियान आजै स्थगित गरिएको हो । नेपाल सरकारबाट आवश्यक मात्रामा खोप प्राप्त नभएपछि अभियान रोक्नुपरेको महानगरले जनाएको छ ।
महानगरले पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई लक्षित गरेर खोप अभियान चलाएको थियो । तर, खोप नै सकिएपछि बीचमै अभियान स्थगित गर्नुपरेको हो ।
महानगरको सूचनामा अनिश्चितकालका निम्ति अभियान स्थगित गरिएको जानकारी दिइएको छ । साथै, सरकारबाट खोपको सुनिश्चितता हुनासाथ यथाशीघ्र अभियान सुचारु गर्ने प्रतिबद्धता जनाइएको छ ।

टिप्पणीहरू