लुम्बिनी क्षेत्रमा भीषण वर्षा, बुटवलका सडक नदीमा परिणत
गएरातिदेखि परेको भीषण वर्षाका कारण बुटवल र वरिपरिका सडक नदीमा परिणत भएका छन् । सडकमा बगेको भेलका कारण सवारी आवागमनमा अवरोध पुगेको छ ।
बुटवलको मुख्य बजार क्षेत्र जलमग्न हुँदा दैनिक जनजीवन प्रभावित भएको छ । कालिकानगर र अस्पताल क्षेत्रको सडकमा भेल बगेको छ । नजिकैको तिनाउ नदीमा पानीको सतह बढेको छ ।
स्थानीय चौराहा–गोलपार्क सडक विस्तार समयमा नहुँदा वर्षायाम नलाग्दै बुटवल जलमग्न भएको हो ।
अन्य जिल्लाका पहाडी क्षेत्रमा खसेको पहिरो र क्षतिबारे विस्तृत विवरण आइनसकेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू