मौसमका कारण कर्णालीका वासिन्दालाई थप सकस

मौसमका कारण कर्णालीका वासिन्दालाई थप सकस

कर्णाली प्रदेशका दुई जिल्लामा हवाइ उडान बन्द भएको छ । मौसम देखिएको खराबीका कारण हुम्ला र डोल्पामा एक हप्तादेखि हवाइ उडान बन्द भएको हो ।

आज बिहानदेखि कर्णालीको मौसम थप खराब भएकाले हवाइ सेवा अझै केही दिन प्रभावित हुन सक्ने सार्केगाड गाउँपालिका ४, का मनबहादुर रोकायले जानकारी दिए ।

उनका अनुसार सुर्खेत र नेपालगञ्जबाट हुम्लाको लागि उडान हुँदै आएको थियो । त्यहाँबाट निजी कम्पनीका जहाजले उडान भर्दै आएका हुन् । तर खराब मौसमका कारण नियमित उडान हुन सकेको छैन ।

यात्रुहरु दिनहुँ विमानस्थल पुगेर फर्कन बाध्य भएको पत्रकार महासंघ डोल्पाका सचिव लेखबहादुर बुढाले बताए । नियमित उडान नहुँदा औषधि उपचार गर्न जानेदेखि अन्य काममा जिल्ला बाहिर जानेलाई थप समस्या भएको छ ।

सडक सञ्जलासँग नजोडिएको हुम्लाका सर्वसाधारण महँगो हवाइ यात्रा गर्न बाध्य छन् ।

टिप्पणीहरू