वामदेवको पार्टीमा चार जना घरकै

वामदेवको पार्टीमा चार जना घरकै

राष्ट्रियसभा सदस्य वामदेव गौतम नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ पार्टी घोषणा नहुँदै विवादमा परेको छ । ६९ जनाको केन्द्रीय समितिमा वामदेवले पत्नी, छोरा र स्वकीय सचिवलाई पनि समेटेपछि ‘परिवारवाद’ हावी भएको भन्दै शुरुमै विवादित बनेको हो ।

आज सार्वजनिक केन्द्रीय सदस्यको सूचीमा पहिलो नम्बरमा संयोजकसमेत रहनुभएका वामदेवको नाम छ । प्रतिनिधिसभा सदस्यसमेत रहेकी उहाँकी श्रीमती तुल्सी थापाको नाम दोस्रो नम्बरमा राखिएको छ ।

त्यस्तै, गौतम दम्पतिका सुपुत्र हरिसदेव गौतम पनि केन्द्रीय सदस्य बन्नुभएको छ । उहाँको नाम सूचीको पाँचौँ नम्बरमा छ । त्यस्तै, संयोजक गौतमका पिए दिपकुमार टमाटा केन्द्रीय सदस्यको सूचीमा छैटौँ नम्बरमा पर्न सफल भएका छन् ।

टिप्पणीहरू