एमाले सांसद पनि बामदेवको पार्टीमा

एमाले सांसद पनि बामदेवको पार्टीमा

तत्कालीन नेकपा विभाजनपछि तटस्थ रहँदै झन्डै डेढ वर्ष ‘एकता अभियान’ चलाउनु भएका नेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्नुभएको छ । आज भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि उहाँले औपचारिक रुपमा पार्टीको नाम सार्वजनिक गर्नुभएको हो ।

‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको उक्त पार्टीको संयोजक गौतम आफैँ रहनुभएको छ भने ६९ जना केन्द्रीय सदस्य छन् । केन्द्रीय कमिटीमा एमालेबाट प्रतिनिधिसभा सांसद रहनुभएकी गौतमकी पत्नी तुल्सी थापा पनि रहनुभएको छ ।

थापा गौतमको नयाँ पार्टीको केन्द्रीय सदस्य भएसँगै उहाँको सांसद पद धरापमा परेको छ । समानुपातिक सांसद भएकाले एमालेले थापालाई तत्काल हटाउन सक्ने सम्भावना छ । गौतमको पार्टीमा श्रीमतीसँगै छोरा र निजी सचिव पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

टिप्पणीहरू