वामपन्थीले बुद्धि नपुर्याए निर्वाचनपछि काँग्रेसको हालीमुहाली हुने वामदेवको निश्कर्ष
‘नेकपा एकता राष्ट्रिय अभियान’ पार्टीका संयोजक वामदेव गौतमले कम्युनिष्ट आन्दोलन धराशायी बनेको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आज पार्टी घोषणा गर्दै गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धराशायी बनेपछि नयाँ राजनीतिक दल खोल्नुपरेको बताउनुभएको हो ।
आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धराशायी बनेको हेरेर बस्न नसक्ने भन्दै उहाँले गत स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध बनेको पाँचदलीय गठबन्धनमा लागेको कुरो पनि खोल्नुभयो ।
कम्युनिष्टबीच पुनः एकता तथा कार्यगत एकता नभए गठबन्धनका नाममा नेपाली काँग्रेसले नै संघ र प्रदेशको आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै गौतमले त्यसपछि पाँच वर्ष काँग्रेसकै हालीमुहाली हुने भविश्यवाणी गर्नुभयो ।
अहिले बहुमत नल्याए पनि पहिलो पार्टी बन्ने काँग्रेसलाई पाँच वर्ष पछिको निर्वाचनमा गठबन्धनको आवश्यक नपर्ने उहाँको बुझाई छ । उक्त परिस्थितिको आकलन गरेर आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ ।’
टिप्पणीहरू