बुटवलमा पहिरो, पोहोरकै ठाउँमा समस्या झन् गहिरो
रातिदेखि परेको अविरल वर्षाका कारण बुटवलको ज्योतिनगरमा पहिरो खसेको छ । माथिबाट बगेर आएको लेदोका कारण नजिकैका घरहरुमा लेदो, ढुंगा र पानी पसेको हो ।
उक्त स्थानमा गत वर्ष पनि पहिरो गएको थियो । स्थानीय लक्ष्मीनगर, ज्योतिनगर र मिलनपथका स्थानीयले गत वर्षको पहिरो नियन्त्रणमा तदारुकता नदेखाएको कारण यस पटकको वर्षा शुरु हुने बितिक्कै उक्त अवस्था दोहोरिएको हो ।
गत वर्ष पहिरोले एक दर्जन घरमा क्षति पुर्याएको थियो । लामो समयसम्म स्थानीय आफ्नो घर छाडेर विस्थापित भएका थिए ।
टिप्पणीहरू