विपदका घटना बढे, चट्याङबाट २४ घण्टामा सात जना बिते

विपदका घटना बढे, चट्याङबाट २४ घण्टामा सात जना बिते

पछिल्लो २४ घण्टामा चट्याङ लागेर सात जनाको ज्यान गएको छ । रुपन्देही, नवलपरासी पश्चिम, बागलुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा चट्याङबाट सात जनाको मृत्यु भएको हो ।

सोही अवधीमा कैलाली र कञ्चनपुरमा चट्याङका कारण तीन जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।

मृत्यु हुनेमा रुपन्देही सियारी गाउँपालिका २, बरेवा बस्ने ४५ वर्षीय एक पुरुष, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका १०, लक्ष्मिपुराकी ६० वर्षीया महिला, बागलुङकी २८ वर्षीया युवती, बाँकेका सात वर्षीय बालक, पर्साका ३२ वर्षीय युवक र धादिङका ४२ वर्षीय पुरुष हुन् ।

पछिल्लो २४ घण्टामा १९ जिल्लाका ३२ ठाउँमा विपद्का घटना भएका छन् । गत बैशाख १ देखि आजसम्म विपद्मा १० जनाको ज्यान गएको छ भने १० जना घाइते भएका हुन् ।

प्राधिकरणका अनुसार विपदका कारण ७० परिवार प्रभावित भएका छन् । सो अवधिमा करिब ५८ करोड ६७ लाख ८८ हजार पाँच सय ६० रुपैयाँ बराबरको धनसम्पत्ति क्षति भएको छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/२०७९-३-१५-दैनिक-विपद-बुलेटिन.pdf”]

टिप्पणीहरू