काँग्रेस उपसभापति चढेको गाडी भीरमा अड्कियो
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ आज बिहान ठूलो दुर्घटनाबाट जोगिएका छन् । उनी चढेको बा.१९ च १८३९ नम्बरको गाडी भीरबाट खसेपनि माथि नै अड्किएकाले उनी र सवारी साधनमा चढेका सबै सकुशल भएका हुन् ।
आज बिहान रामेछापको गोगनेमा सडकबाट थोरै तल झरेको गाडीमा ढुङ्गाको ओट लागेकाले सम्भावित दुर्घटना टरेको गुरुङ आफैँले सामाजिक सञ्जाल ट्विटरबाट जानकारी दिएका हुन । उनी चढेको गाडी ओखलढुङ्गाबाट राजधानी फर्किंदै थियो ।
गाडीमा गुरुङलगायत रामेछाप काँग्रेसका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जनलगायत पाँच जना थिए।
टिप्पणीहरू