६ सय ६० जना भन्सार एजेन्ट थपिने

६ सय ६० जना भन्सार एजेन्ट थपिने

लोक सेवा आयोगले गत वैशाख १७ गते लिएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित गरेको छ । आयोगले लिएको लिखित परीक्षामा आठ सय ६० जना उत्तीर्ण भएकोमा आठ सय ५७ जना अन्तर्वातामा सहभागी भएका थिए । त्यसमध्ये छ सय ६० जना नाम निकाल्न सफल भएका छन् ।

लिखितमा नाम निकालेका उम्मेदवारहरूको असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो । लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यताक्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले हिजो छ सय ६० जनालाई छनोट गरेको हो ।

भन्सार एजेन्टको इजाजत लिन २०७७ चैत्र १६ गते दरखास्त माग गरिएको थियो ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/Bhansar-ajent-Notice.pdf”]

टिप्पणीहरू