कम्युनिष्टहरुलाई एक बनाउने भन्दै वामदेव गौतम बालकोटमा

कम्युनिष्टहरुलाई एक बनाउने भन्दै वामदेव गौतम बालकोटमा

अस्ति नयाँ पार्टी घोषणा गर्नुभएका वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ । उहाँ अध्यक्ष ओलीसँग भेटवार्ता त्यहाँ जानुभएको गौतम निकटस्थहरुले बताएका छन् ।

नेकपा एकता अभियान संयोजक रहनुभएका गौतमले अध्यक्ष ओलीसँग केहीबेर अघिदेखि भेटघाट गर्नुभएको हो । उहाँहरुबीच अहिले पनि कुराकानी भइरहेको छ ।

आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धराशायी बनेपछि नयाँ राजनीतिक दल खोल्नुपरेको बताउँदै गौतमले अभियानको घोषणा गर्नुभएको हो ।

गौतमको भनाइ छ, ‘आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धराशायी बनेको हेरेर बस्न सकिँदैन । त्यसैले नयाँ वामपन्थीहरुलाई एकतावद्ध बनाउन नयाँ पार्टी बनाएको हुँ । ’

टिप्पणीहरू