बिरामीको मृत्यु भएपछि टिचिङमा तनाव

बिरामीको मृत्यु भएपछि टिचिङमा तनाव

घुँडामा सामान्य चोट लागेको व्यक्तिको उपचारको क्रममा मृत्यु भएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा परिसरमा मृतकका आफन्तले प्रर्दशन गरेका छन् ।

हिजो राति बालाजु चोकमा दुर्घटनामा परी घाइते भएर उपचारका निम्ति टिचिङ लगिएका चन्द्रागिरि नगरपालिका-४ दहचोकका सञ्जीव कार्कीको मृत्यु भएको थियो । चिकित्सकको गम्भीर लापरवाहीका कारण सामान्य चोट लागेका कार्कीको मृत्यु भएको आफन्तको आरोप छ ।

कार्कीको मृत्युमा चिकित्सकको लापरवाही नै कारण रहेको भन्दै मृतकका तीन दर्जनबढी आफन्तहरु भेला भएर विरोध गरेका हुन् ।

हाल अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता भइरहेको छ ।

टिप्पणीहरू