आउँदो साता मुलुकभर पानी परिरहने
मुलुकभर एक हप्तासम्म मौसममा सामान्य बदली र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । सातवटै प्रदेशको साप्ताहिक मौसमी बुलेटिन सार्वजनिक गर्दै आज मौसम पूर्वानुमान महाशाखाले सो जानकारी दिएको हो ।
साताको शुरु तथा मध्यमा हिमाली, पहाडी र तराईका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ । यस्तै, प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चटयाङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साताको अन्त्यमा पनि हिमाली, पहाडी र तराईका केही स्थानहरुमा हल्का वर्षाको अनुमान गरिएको छ ।
हिमाली भू-भागको अधिकतम तापक्रम तथा न्युनतम तापक्रममा उल्लेखनीय परिवर्तन हुने छैन् । तर, पहाडी र तराई भू-भागको अधिकतम तापक्रम र न्युनतम तापक्रम भने हल्का बढ्ने सम्भावना छ ।
टिप्पणीहरू