मधेसले शहीद परिवारलाई महिनैपिच्छे पैसा दिने

मधेसले शहीद परिवारलाई महिनैपिच्छे पैसा दिने

मधेश प्रदेश सरकारले जनआन्दोलन तथा जनयुद्धका शहीद परिवारलाई भरणपोषणबापत मासिक २१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । आर्थिक अवस्था कमजोर भएको परिवारलाई प्राथमिकतामा राखी गृह तथा सञ्चार मन्त्रालयअन्तर्गत मधेशी शहीद प्रतिष्ठानले नगद सहयोग गर्न लागेको हो ।

भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारलाई उक्त रकम उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ । यसका लागि शहीद घोषणा भएको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, स्थानीय तहले प्रमाणित गरेको शहीदसंगको नाता खुल्ने कागजात, निवेदकको ‘क’ वर्गको बैंकमा रहेको खाता नम्बर र प्यान नम्बर बुझाउनुपर्नेछ ।

त्यसैगरी, सोही कार्यविधिको दफा (७) बमोजिम शहीदका सन्ततिलाई कक्षा १ देखि ६ सम्म १६ हजार रुपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिने निर्णय प्रतिष्ठानको छ ।

आवेदन दिनका लागि शहीद भएको घोषणापत्र, स्थानीय तहबाट फोटोसहितको शहीदको छोरा वा अविवाहित छोरी खुल्ने कागजात, नागरिकता वा जन्मदर्ताको प्रतिलिपिलगायतका प्रमाणपत्र पेश गर्नुपर्नेछ । भोलिसम्म आवेदन दिन मिल्ने प्रतिष्ठानले जनाएको छ ।

टिप्पणीहरू