बैशाखमा देशभर कति मत बिग्रिए ?

बैशाखमा देशभर कति मत बिग्रिए ?

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर १३.२४ प्रतिशत मत बदर भएको छ । तथ्यांकअनुसार चुनाव हुन बाँकी बाजुराको बूढीगंगा गाउँपालिका र निर्विरोध भएका चार चारपालिका बाहेक ७४८ स्थानीय तहको मतदानमा त्यति मत बदर भएको हो ।

त्यतिबेला स्थानीय तहका कूल ३३ हजार ७१५ जना जनप्रतिनिधिमध्ये निर्विरोधबाहेक ३३ हजार १५८ जना निर्वाचित भएका थिए । कूल एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकोमा ७०.९६ % प्रतिशत भोट खस्दा पदअनुसार बदर मतको संख्या फरक–फरक छ । निर्वाचन आयोगका अनुसार सम्पूर्णरूपमा बदर मतको संख्या तीन लाख एक हजार ५९९ अर्थात् २.४० प्रतिशत र आंशिक बदर १३.२४ प्रतिशत छ ।

प्रमुख÷अध्यक्ष पदमा आंशिक बदर मत १०.७० प्रतिशत छ । ७४९ पालिका प्रमुख÷अध्यक्षका लागि एक करोड २५ लाख ७३ हजार ८ मत खसेकोमा ३ लाख एक हजार ५९९ मत सम्पूर्ण रूपमा बदर हुँदा १३ लाख ४४ हजार ६९८ अर्थात् १०.७० प्रतिशत आंशिक बदर भएको हो । जसमध्ये प्रमुखमा ११.३४ प्रतिशत र अध्यक्षमा ९.७० प्रतिशत मत खेर गएको छ ।

सबैभन्दा बढी १६.६० प्रतिशत मत उपप्रमुख÷उपाध्यक्षमा बदर भएको आयोगको तथ्यांकमा उल्लेख छ । यो पदमा एक करोड २५ लाख ५५ हजार ७१६ भोट झरेमध्ये एक करोड चार लाख ८० हजार २०२ मात्रै सदर भएको हो । २० लाख ८६ हजार ५१४ मत बदर हुँदा उपप्रमुखमा १८.२३ प्रतिशत र उपाध्यक्षमा १४.०८ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।

त्यस्तै, वडाध्यक्षमा ८.२६ प्रतिशत मत बिग्रिएको छ । कूल ६ हजार ७४३ मध्ये ६ हजार ६८५ वडाध्यक्ष निर्वाचित गर्न एक करोड २५ लाख ६९ हजार ८१० अर्थात् ७०.९९ प्रतिशत मत खसेको थियो । जसमध्ये १० लाख ३८ हजार २१२ अर्थात् ८.२६ प्रतिशत मत बदर भएको आयोगको तथ्यांकमा छ । वडाध्यक्षमा एक करोड १५ लाख ५९८ मत सदर भएको छ ।

यो कूल मतको ९१.७४ प्रतिशत हो । महिला सदस्यमा १२.८१, दलित महिला सदस्यमा १४.६५ र खुला सदस्यमा १५.२६ प्रतिशत मत बदर भएको आयोगको तथ्यांकमा उल्लेख छ । वडाध्यक्षमा ७०.९९, महिला सदस्यमा ७०.९५, दलित महिला सदस्यमा ७०.९० र खुला सदस्यमा ७१.०१ प्रतिशत मत खसेको थियो ।

टिप्पणीहरू