धादिङको गल्छीमा बस दुर्घटना,४१ जना घाइते

धादिङको गल्छीमा बस दुर्घटना,४१ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ चिरौँदी पुल नजिकै बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन् ।

काठमाण्डौबाट रौतहटको गौरतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार बस अनियन्तृत भई आफ्नै साइडको भित्तामा ठोक्किएको छ ।

तीब्र गतिमा गुडिरहेको बस भित्तामा ठोकिंदा अधिकाँश यात्रु घाइते छन् । २२ जनाको काठमाण्डौंमा रहेको ट्रमा सेन्टरमा उपचार भइहेको छ । सामान्य घाइते १४ जनाको गल्छीमा र ४ जनाको आदमघाटमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू