कानुनमन्त्री “बन्दी” र कुलमान पालैपालो खुमलटारमा प्रवेश
कानुनमन्त्री गोविन्दप्रसाद शर्मा बन्दी र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आज बिहान केही मीनेटको फरकमा खुमलटार पुग्नुभएको छ । उहाँहरु दुवै जना नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न त्यहाँ जानुभएको हो । मन्त्री शर्मा बिहानै त्यहाँ पुग्नुभएको थियो । खुमलटार स्रोतका अनुसार उहाँ चिया खाने समयमा नै अध्यक्ष दाहालको निवास पुग्नुभएको हो । उहाँहरुबीच झण्डै एक घण्टा कुराकानी भएको थियो । बन्दी निस्कनुभएको आधा घण्टापछि कुलमान अध्यक्ष प्रचण्डको निवास छिर्नुभयो । घिसिङ र अध्यक्षबीच मुश्किलले १० मीनेट संक्षिप्त कुराकानी भएको बताइएको छ । कुराकानीको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
टिप्पणीहरू