ठमेल नजिकै शव भेटियो
काठमाडौंको केशरमहलमा शव फेला परेको छ । अन्दाजी २० वर्ष उमेरका युवक सुतिरहेको अवस्थामा बितेका हुन् ।
केशर पुस्तकालय भवन मर्मतमा संलग्न एक जना मजदुरको सुतेकै ठाउँमा निधन भएको बताइएको छ । रौतहटको माधवनारायण १ घर भएका अजय साह आज बिहान सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
बिहान साढे ५ बजे मृत भेटिएपछि शवलाई उपत्यका प्रहरी वृत्त दरबारमार्गको टोलीले पोस्टमार्टमको निम्ति भर्खरै त्रिवि शिक्षण अस्पताल पुर्याएको छ ।
टिप्पणीहरू