भएभरका नेता उपेन्द्र यादवको घरमा

भएभरका नेता उपेन्द्र यादवको घरमा

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु आज बिहान जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवको निवासमा भेला हुनुभएको छ । उहाँहरु हात्तीवन पुगेर बिहान डेढ घण्टा सामूहिक छलफलमा जुट्नुभएको हो ।

यादवको निवास ललितपुर,हात्तिवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेता वर्षमान पुन,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल पुग्नुभएको हो । यादवसहित पाँच जना नेताबीच भएको कुराकानीको विवरण सार्वजनिक गरिएको छैन ।

जसपामा यादव र डा. बाबुराम भट्टराई समूहबीच तिक्तता बढ्दै गएपछि औपचारिक रुपमा छुट्टिने सहमति भएको छ ।

टिप्पणीहरू