आफूलाई हिलोमा लडाउनेविरुद्द जुरेलीको उजुरी

आफूलाई हिलोमा लडाउनेविरुद्द जुरेलीको उजुरी

ललितपुरको भैसीपाटीस्थित फर्सिडोलमा धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै रेस्लर अस्मिता जुरेलीले प्रहरीमा जाहेरी दिएकी छन् । अस्ति युवा संघले आयोजना गरेको धान दिवसमा संघका केन्द्रीय सदस्य हिक्मत बोहरा उर्फ हिलारीले आफूलाई दुर्व्यवहार गरेको जुरेलीको आरोप छ ।

रेस्लर जुरेलीले दिएको जाहेरी दर्तापछि अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । हिक्मतले भने आफूले अस्मितामाथि कुनै दुर्व्यवहार नगरेको बताउँदै आएका छन् ।

उक्त कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बस्नेतको सहभागिता थियो । गत वर्ष पनि असार १५ का दिन जुरेलीलाई लोकदोहोरी गायक छत्र शाहीले हिलोमा पछारेपछि भाइरल बनेकी थिइन् । त्यतिबेला उनले रोपाइँका नाममा उच्छृङ्खलता देखाएको भनेर आलोचना समेत खेपेकी थिइन् ।

टिप्पणीहरू