असार सकिन लाग्दा रिसोर्टमा दुई रातको बास

असार सकिन लाग्दा रिसोर्टमा दुई रातको बास

सामाजिक सुरक्षा कोषले आवासीय अन्तरक्रिया कार्यक्रम राखेको छ । पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भन्दै विभिन्न सञ्चार गृहमा पत्र पठाइएको छ ।

कोषका उपनिर्देशक दिनेशकुमार कोइरालाको हस्ताक्षर रहेको उक्त पत्रमा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा आज र भोलि कार्यक्रम राखिएको उल्लेख छ । सामाजिक सुरक्षासम्बन्धी अन्तरक्रियामा पत्रकारहरुलाई आवासीय सुविधाको निम्तो दिइएको हो ।आर्थिक वर्षको अन्तमा सरकारी बजेट फृज हुन नदिन जसरी पनि यस्ता कार्यक्रम हुने गरेको छ । सामाजिक सुरक्षा कोषको बारेमा गर्नुपर्ने अन्तरक्रिया वा गोष्ठीको निम्ति सरोकारवालाको उपस्थिति वाञ्छनीय हुन्छ ।

। कार्यक्रमबारे जनआस्थाले कोषका वरिष्ठ प्रशासन सहायक सार्थक महरासँग सम्पर्कको प्रयास गरेकोमा सफल हुन सकेन । पटक पटक गरिएको फोन उनले उठाएनन् ।

टिप्पणीहरू