सुवास नेम्वाङले पनि नयाँ पार्टीको कुरा गर्नुभयो
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले कुनै दल वा व्यक्ति मन नपरेको अवस्थामा पार्टी परिवर्तन गर्ने वा नयाँ दल दर्ता गर्ने अधिकार सबैसँग रहेको बताउनुभएको छ । उहाँले संविधानले दिएको उक्त अधिकार सबैले प्रयोग गर्न सक्ने पनि उल्लेख गर्नुभएको छ ।
नेपाल ल क्याम्पस स्थापना दिवसको अवसरमा बोल्दै उहाँले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गए सहज तवरले जुनकुनै परिवर्तन गर्ने सक्ने व्यवस्था रहेको बताउनुभयो ।
भन्नुभयो, ‘व्यक्ति मन पर्दैन,व्यक्ति परिवर्तन गर्नुहोस्,पार्टी मन पर्दैन भने नयाँ पार्टी बनाउनुस्, अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन ।’ तर देश र राजनीतिक दलहरु संविधानअनुरुप चल्नुपर्ने उपाध्यक्ष नेम्वाङको भनाइ छ ।
टिप्पणीहरू