रवि लामिछानेको त्यही स्वतन्त्र नाम सदर

रवि लामिछानेको त्यही स्वतन्त्र नाम सदर

निर्वाचन आयोगले पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरिदिएको छ । पार्टीको नामविरुद्ध परेका उजुरीमाथि छानविन गर्दै आज बसेको पदाधिकारी बैठकले सोही नामलाई मान्यता दिने निर्णय गरेको हो ।

रविको पार्टीले प्रस्ताव गरेको चुनाव चिन्ह घन्टीलाई पनि आयोगले ‘ओके’ गरेको छ । निर्वाचन आयोगमा दर्ता भएका कुनै पनि पार्टीको चिन्ह ‘घन्टी’ नरहेकाले आयोगले स्वीकार गरेको हो ।

यसअघि रविले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताको निवेदन दिएलगत्तै त्यसविरुद्ध आयोगमा आधा दर्जन उजुरी परेको थियो । योसहित निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ११३ पुगेको छ ।

टिप्पणीहरू