खुमलटारमा मन्त्री,कोटेश्वरमा पूर्वमन्त्री
सत्तारुढ दलका शीर्ष नेताहरुको निवासमा भेटघाटको क्रम सँधै उस्तै छ । हिजो पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा भेटघाट गर्ने नेता तथा कार्यकर्ता थुप्रै थिए ।
त्यसमध्ये अध्यक्ष प्रचण्डको ललितपुर,खुमलटास्थित निवासमा हिजो साँझ अर्थमन्त्री जनार्दन शर्मा पुग्नुभयो । राष्ट्रिय सभाको आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक पारित भएपछि मन्त्री शर्मा त्यता जानुभएको हो ।
उहाँहरुबीच साँझ करिब एक घण्टा भेटवार्ता भएको अर्थमन्त्रीको निजी सचिवालयले पुष्टि गरेको छ ।
यता कोटेश्वरस्थित नेपाल निवासमा पनि हिजो साँझ पूर्वमन्त्री पार्टी अध्यक्ष नेपालसँग भेट गर्न जानुभएको थियो । पूर्वमन्त्री प्रेम आलेले अध्यक्ष नेपालसँग साँझ एक घण्टाबढी भेटवार्ता गर्नुभएको हो । उहाँहरुको भेटवार्तामा नेता सोमप्रसाद पाण्डे पनि हुनुहुन्थ्यो ।
पूर्वमन्त्री आले भेटघाटपछि राति ९ बजेको हाराहारीमा त्यहाँबाट निस्कनुभएको बताइन्छ ।
टिप्पणीहरू