अष्ट्रेलियाको सिड्नीमा भारी वर्षा, बाढीको चेतावनी
गत हप्ता शनिवारदेखि अष्ट्रेलियाको दक्षिणपूर्वी तटमा परेको भारी वर्षाले सिड्नी र दक्षिणपूर्वी न्यू साउथ वेल्स (NSW) को ठूलो भूभाग फेरि बाढी र डुबानमा परेको छ।
न्यू साउथ वेल्स (NSW) का प्रिमियर डोमिनिक पर्रोटेटले सोमबार जनतालाई सम्बोधन गर्दै बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आपतकालीन निर्देशनहरू पालना गर्न आग्रह गरेका छन् ।
उनले भने “म मानिसहरूलाई राज्य आपतकालीन सेवा (State Emergency Service) को निर्देशनहरू पालनानिम्ति अनुरोध गर्न जारी राख्न चाहन्छु। यदि त्यहाँ खाली गर्ने चेतावनी छ भने,कृपया खाली गर्न तयार हुनुहोस् । यदि त्यहाँ खाली गर्ने आदेश छ भने,कृपया तुरुन्तै छोड्नुहोस् ।”
रातभरमा न्यू साउथ वेल्स (NSW) का आपतकालीन राज्य सेवा (SES) ले १५९३ वटा आपातकालीन उद्वारका अनुरोधहरु प्राप्त गरेको र सोहि अवधिमा SES का कार्यकर्ताहरूले ८३ वटा बाढीको उध्दार कार्य सम्पन्न गरेको जनाइएको छ ।
वर्षा र हुरीबतासको अवस्था मंगलबार केहि कम हुनुअघि जारी रहने पूर्वानुमान छ। मौसम विज्ञान ब्यूरो (बीओएम) ले राज्यका केही भागहरूमा थप ५० देखि १०० मिलिमिटर वर्षा हुने बताएको छ, जसले थप बाढी आउन सक्ने सम्भावनालाई औंल्याइएको छ ।
आपतकालिन व्यवस्थापन मन्त्री मर्रे वाटले अभूतपूर्व र निरन्तर बाढी “धेरै गम्भीर अवस्था” भएको र यो अष्ट्रेलियामा जलवायु परिवर्तनको वास्तविकताको थप प्रमाण भएको बताएका थिए ।
श्रोत: सिन्ह्वा



टिप्पणीहरू