रामेछाप बस दुर्घटना : ९ को मृत्यु (अपडेट)
रामेछापको साँदीडाँडा बाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस सुनपाती गाउँपालिका –५ लुभुघाटमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।
बस सडकबाट ६० मिटर तल खसेको सुनपाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले जानकारी दिनुभयो । बस ब्रेकफेल भएर तल खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
अध्यक्ष तामाङका अनुसार बसमा ३२ यात्रु सवार थिए । चालकसहित सबै यात्रु घाइते छन् । उद्धारको निम्ति कैलाश एअरको हेलिकप्टर दुर्घटनास्थल पुगेको छ । सबै घाइतेलाई धुलिखेल अस्पतालमा लैजाने तयारी गरिएको हो ।
टिप्पणीहरू