दलाई लामाको जन्मदिनमा विदेशी दूतहरु
आज तिब्बती धार्मिक नेता दलाई लामाको ८७ औं जन्मदिवस । यस अवसरमा अहिले जावलाखेल एकान्तकुनास्थित शरणार्थी क्याम्पमा ठूलो भेला भैरहेको छ । धार्मिक नेताको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै पूजापाठ,साँस्कृतिक झाँकी प्रदर्शन र बाजागाजाको काम पनि चलिरहेको छ ।
करिव हजार जना तिब्बती शरणार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न देशको कूटनीतिक मिसनका प्रतिनिधिहरुको समेत उपस्थिति देखिन्छ । जसमध्ये अमेरिकी राजदूतावासका कर्मचारी,युरोपियन युनियनकी राजदूत नोना डेप्रेज र जापानी दूतावासकी योसिनो योमिकोलाई क्याम्प म्यानेजर तासी छेतेनलगायतले स्वागत गरेको बुझिएको छ।



टिप्पणीहरू