संघीय संसदको रोग अब कर्णालीतिर
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज बस्ने भनिएको कर्णाली प्रदेशको बैठक अवरोध गर्ने भएको छ । आफ्नो पार्टीले राखेको माग पूरा नगरेकाले प्रदेश सभा बैठक अवरोध गर्ने एमालेले जनाएको हो ।
उसले गत माघमा भएको सात बुँदे सहमति कार्यान्वयन नगरिएको, सुदूरपश्चिमका तीन वटा जिल्लालाई मात्र समेटेर बजेट ल्याइएको, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि नसच्चाइएको जस्ता आरोप लगाउँदै आएको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीसँग आफ्नो पार्टीले अघि सारेको माग पूरा गर्न पटक पटक आग्रह गरे पनि सम्बोधन नभएको भन्दै आज बस्ने प्रदेश सभा बैठक अवरोध गर्ने बताएको हो ।
सभामुख राजबहादुर शाहीले धेरै पटक सर्वदलीय बैठक बोलाएर सहमतिको प्रयास गरे पनि सहमति भएको छैन । आज पनि बैठकअघि पुनः सर्वदलीय बैठक बोलाएर सहमतिको प्रयास गर्ने तयारी छ ।
टिप्पणीहरू