घरमा रंग लगाउँदा हाइटेन्सन लाइन छोएका पेन्टर बिते

घरमा रंग लगाउँदा हाइटेन्सन लाइन छोएका पेन्टर बिते

एकैदिन करेन्ट लागेर दुई मुलुकभर जनाको ज्यान गएको छ । देशका विभिन्न स्थानमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका, १७ बिरौटाका ४० वर्षीय कृष्णबहादुर रानामगरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ । उनको पोखरा पस्र्याङ, खुडेपोखरीस्थित निर्माणाधीन घरको दोस्रो तलामा रङ लगाउने क्रममा घरमाथि रहेको हाइटेन्सन लाइनको तारमा छुँदा ज्यान गएको हो ।

उता धनुषामा पनि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ८, मुलाबारी, चमारटोल बस्ने ६० वर्षीय श्यामसुन्दर महराको करेन्टका कारण निधन भएको हो ।

उनी हिजो साँझ खेतमा धानको ब्याड राख्न गएका थिए । सोही क्रममा उनले ब्याडमा पानी तान्ने पम्पबाट चलाउने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू