अन्ततः रहेनन् पूर्वप्रधानमन्त्री सिन्जो
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको घोषणा गरिएको छ । उनीमाथि आज बिहान नारा सहरमा भएको चुनावी सभामा भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको थियो ।
४१ वर्षीय आक्रमणकारीले उनलाई दुई पटक गोली हानेका थिए । आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुई पटक गरेर झण्डै १० वर्ष जापानको प्रधानमन्त्री बनेका आबेले शासनकालमा आर्थिक स्थितिलाई निकै सुधार गरेका थिए ।
युद्धपछिको जापानलाई समृद्ध बनाउन र सुनामीले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गर्न आबेले खेलेको भूमिकालाई जापानका जनताले सम्झने बताइएको छ ।
टिप्पणीहरू