आज पनि थप राजदूत नियुक्त

आज पनि थप राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न तीन मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार डोरनाथ अर्याललाई ओमान, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको हो ।‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमान, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू