बूढीगंगामा काँग्रेस र एमालेको कडा टक्कर
निर्वाचन परिणाम आउन बाँकी एक मात्र बाजुरा, बूढीगंगा नगरपालिकाको मतगणना मेयरमा नेकपा एमालेका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । प्राप्त परिणामअनुसार एमाले उम्मेदवार रामबहादुर बानियाँले १२ भोटको अग्रता बनाएका छन् ।
हालसम्म जम्मा २०० मतको गणना सकिएकोमा बानियाँले १०० मत पाउँदा उनलाई पछ्याइरहेका गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार रंग खातीले ८८ मत ल्याएका छन् ।
उपमेयरमा एमाले र कांग्रेसका उम्मेदवारले समान ९५ मत पाएका छन् । अहिले वडा नं १० को मतगणना भैरहेको छ । वडाध्यक्षमा भने कांग्रेसका उम्मेदवारले ९५ र एमालेकाले ८९ मत ल्याएका छन् ।
वैशाख ३० गतेको निर्वाचनमा एमाले र काङ्ग्रेस दुवैले धाँधली गरेको प्रमाण भेटिएपछि मतदान स्थगित गरिएको थियो । हिजो पुन: मतदान भएकोमा आज दिउँसोबाट गणना थालिएको हो ।
टिप्पणीहरू