वामदेव फेरि खुमलटार पुग्नुभयो

वामदेव फेरि खुमलटार पुग्नुभयो

नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) का सयोजक वामदेव गौतम आज खुमलटार पुग्नुभएको छ । उहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न उहाँको निवास खुमलटार जानुभएको हो ।

सबै वामपन्थी दललाई एकताबद्ध बनाउने अभियानमा लाग्नुभएका गौतमले अध्यक्ष दाहालसँगा आज अपरान्ह त्यहाँ पुग्नुभएको हो । उहाँहरुबीच आधा घण्टा कुराकानी भएको थियो ।

यसअघि पनि गौतमले अध्यक्ष दाहालसँग भेटवार्ता गर्नुभएको थियो । अघिल्लो साता उहाँ सोही अभियान बोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न बालकोट पुग्नुभएको हो । गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि कुराकानी गरिसक्नुभएको छ ।

टिप्पणीहरू