कार्यक्रम एनआरएनएको, सहभागिता काँग्रेसको
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको ११ औं साधारणसभा नर्थ क्यारोलाइनाको र्यालेमा भएको छ । गत आइतबार र सोमबार भएको उक्त साधारणसभाको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरेका हुन् ।
साधारण सभाले विधान संशोधनलगायत विभिन्न निर्णय गरेको छ । केही सम्झौता पनि भएका छन् । महिला प्रतिनिधित्व बढाउन कार्यसमिति र सल्लाहकार समितिमा ३३ प्रतिशतको व्यवस्था गरिएको छ ।
साधारणसभामा सबैभन्दा धेरै नेपाली काँग्रेस,नेविसंघका नेता तथा कार्यकर्ताको सहभागिता थियो । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) का दुई अध्यक्ष कूल आचार्य र रविना थापा, महासचिव केशव पौडेल,सचिव राजन त्रिपाठी पनि त्यहाँ उपस्थित थिए ।
काँग्रेसका नेता तथा कार्यकर्तामध्ये सांसद कमला पन्त,केन्द्रीय सदस्यहरु मधु आचार्य र प्रतिमा गौतम,नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्य,काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा,दाङ जिल्ला सभापति शंकर डाँगी, महासमिति सदस्य विष्णु सुवेदी र काँग्रेसकै जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू