सभामुख सापकोटा भक्तपुरको कमलविनायकमा
सभामुख अग्निप्रसाद सापकोटा आज दिउँसो भक्तपुरको कमलविनायक पुग्नुभएको छ । उहाँ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेट्न बिजुक्छेको निवासमा जानुभएको हो ।
सभामुख सापकोटा अध्यक्ष बिजुक्छेकी धर्मपत्नी शोभा प्रधान (बिजुक्छे) को असामयिक निधनमा शोक व्यक्त गर्न त्यहाँ पुग्नुभएको हो ।
टिप्पणीहरू