माइतीघरबाट एक दर्जन पक्राउ
मिराज ढुंगाना नेतृत्वको जेनजी समूहका एक दर्जन युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनका अभियन्ताहरु हरिश भट्ट, अजय सोडारी, प्रकाश शर्मासहितका युवाहरु माइतीघरबाट समातिएका हुन् । सो क्रममा आन्दोलनमा सहभागी हुन पुगेका निकोलस भुसाल समेत पक्राउ परेको बुझिएको छ ।
पहिचान नखुलेका अन्य युवाहरुलाई प्रहरीले भ्यानमा हालिरहँदा अन्य युवाहरुले नाराबाजी चर्काएका छन् । अहिले प्रहरीले भीड तितरबितर पार्ने प्रयास गरिरहेको छ ।
ढुंगानाको समूहले जिल्ला प्रशासन कार्यालयसँग प्रदर्शनको अनुमति मागे पनि नपाएको बताइन्छ । सोही कारण देखाउँदै प्रहरी १० बजेदेखि नै माइतीघर क्षेत्रमा नरोकिन र भीड नगर्न माइकिङ गरिरहेको छ ।
टिप्पणीहरू