एमालेले कसको हाल्ला समानुपातिकमा नाम ?
फाइल फोटो
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयाेजनार्थ समानुपातिक उम्मेद्वारको बन्दसूची बुझाउन दलहरुलाई दिइएको समयसीमा घर्किदै गएको छ । आज ७ गते भयो । समानुपातिकतर्फका उम्मेदवारहरुको नाम बुझाउन निर्वाचन आयोगले अर्को साता पुस १४ गतेसम्मको समय ताेकेकाे छ ।
आयोगले निर्वाचन कार्यक्रमअनुसार समानुपातिक प्रणालीको लागि मंसिर २१ गतेदेखि २३ गतेसम्म दल दर्ता खुलाएको थियो । जसका लागि एक सयभन्दा बढी दलहरुले निवेदन दिएको आयोगले जनाएको छ ।
यता बन्दसूची पेश गर्नुपर्ने अन्तिम मिति नजिकिँदै जाँदा विभिन्न दलहरुले उम्मेद्वार छनोट प्रक्रियालाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुले धमाधम विभिन्न मापदण्डसहित उम्मेद्वार आवेदन खुलाउनेदखि चयनसम्मको काम गरिरहेका छन् ।
अधिकांश दलहरुले निर्वाचन लक्षित कार्यक्रम चलाइरहेको बेला नेकपा (एमाले) भने संसद पुनःस्थापनाको अडानमा छ । तत्कालीन सत्ता साझेदार दल नेपाली कांग्रेसलाई समेत ‘कन्भिस’ गरेर सर्वोच्च पुगेको एमालेले फागुन २१ मा निर्वाचन सम्भव नरहेको ठोकुवा गर्दै आएको छ भने भित्र भित्रै चुनावको तयारी गरिरहेको बुझिन्छ ।
टिप्पणीहरू