महिला पत्रकारमाथि सार्वजनिक स्थलमा दुर्व्यवहार
महोत्सवको समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।
महासंघका अनुसार गत शनिबार कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहँदा नयाँ सन्देश अनलाइनका सम्पादक रमा चन्दमाथि दुर्व्यवहार भएको थियो ।
उनलाई गलत नियतले पछाडिबाट धकेलेको भन्दै महासंघले सो अमर्यादित व्यवहारको निन्दा र भर्त्सना गरेको छ । ‘महासंघ यो घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानूनी दायरा ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ विशेष कदम चाल्न सम्बन्धित निकायसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
टिप्पणीहरू