पार्टी अध्यक्ष लिङ्देनप्रति चर्को असन्तुष्टि जनाउँदै सदस्यहरुले दिए विद्रोहको चेतावनी

पार्टी अध्यक्ष लिङ्देनप्रति चर्को असन्तुष्टि जनाउँदै सदस्यहरुले दिए विद्रोहको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनप्रति चर्को असन्तुष्टि जनाउने समूहको संख्या बढ्दै गएको छ । उनीहरुले अध्यक्षले पार्टीलाई गति दिनुको सट्टा उल्टै अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन् ।

अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विद्रोहको तयारी गरिएको असन्तुष्ट समूहले जनाएको छ । पछिल्लो दिनमा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट हुनेमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही मुख्य हुन् ।

त्यसैगरि नेताहरू दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना, रामकुमार सुब्बा, दमन बस्नेत, राजाराम श्रेष्ठ, केशव श्रेष्ठ, भरत पाठकलगायतका नेताहरू रहेको बताइएको छ । उनीहरुले नेतृत्वले तत्काल कार्यशैली नसच्याए पार्टीभित्रै विद्रोह गर्ने चेतावनीसमेत दिएका छन् ।

टिप्पणीहरू