नदी किनारमा बालकको शव
कैलालीको गोदावरीमा बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यलय कैलालीका डिएसपी वेदप्रकाश जोशीका अनुसार अनुहार नचिनिने र शरीरमा कपडा नभएको अवस्थामा शव फेला परेको छ । शव परीक्षणका निम्ति सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको छ ।
टिप्पणीहरू